सन्राइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
काठमाडौँ । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।
निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेस प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरकामुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितिमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई