काठमाडौँ । केही दिनयता देशभर गर्मी बढेको छ । मनसुन भित्रिन ढिलाइ हुँदा देशभरको तापक्रमले रेकर्ड ब्रेक गरिरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानी काठमाडौँकै अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुगेको छ । गर्मी छल्न राजधानीका मानिसहरूले विभिन्न उपायहरू अपनाइरहेका छन् । यता, बालबालिकाहरू भने नजिकैको पोखरीहरूमा पौडी खेल्न पुग्ने गरेका छन् । काठमाडौँको मुटुमा रहेको कमलपोखरी पुग्दा बालबालिकाहरू पानीमा डुबुल्की मार्दै रमाइरहेका थिए । हेरौँ केही तस्बिरहरू :
प्रतिक्रिया