स्कुलको खानामा विद्यार्थीले भेटे मुसाको टाउको, स्कुलले हाँसको टाउको भनिदियो
एकजना विद्यार्थीले स्कुलले दिएको खानामा मुसाको टाउको भेटेका छन् । खानामा मुसाको टाउको भेटिएको खबर चीनको सोसल मिडियामा राखेपछि यो ‘र्याट हेड गेट’ को नाममा भाइरल भएको छ । तर खानामा भेटिएको भनिएको मुसाको टाउकोलाई स्कुलले भने हाँसको भएको दाबी गरिरहेको छ ।
घटना गत हप्ता चीनमा भएको हो । चीनको नानचाङस्थित जियाङ्छी भोकेसनल टेक्निकल कलेज इन्डष्ट्रिको क्याफ्टेरियाको खानामा यस्तो समस्या देखिएको हो । खाना खाने बेला एकजना विद्यार्थीले आफ्नो कचौरामा मुसाको टाउकोजस्तो देखिने वस्तु देखे । त्यसपछि उनले आफ्नो फोन निकाले र भिडियो खिचे । भिडियो खिचेपछि उनले यसबारे क्याफ्टेरियाका कर्मचारीलाई जानकारी दिए तर उनलाई यो मुसाको नभई हाँसको टाउको भएको बताइयो । हाँसको टाउको चिनियाँ खानेकुरामा निकै प्रचलित छ तर विद्यार्थीले यो खानेकुरा मगाएकै थिएनन् र यो हाँसको टाउको जस्तो पनि देखिँदैन ।
‘यो मुसा हो ! यसमा मुसाको दाँत देखिएको छ, देख्नुभएन ?’ ती विद्यार्थीले क्याफ्टेरियाका कर्मचारीलाई झर्केर भनिरहेको सुन्न सकिन्छ ।
This trending topic received over 310 million views on Weibo today and it's quite Kafkaesque. June 1st, a student at a Jiangxi college finds a rat head in his cafeteria rice meal. When he makes a complaint, he's told that it's actually duck. He says, "but you can see its teeth!" pic.twitter.com/MCnW7V2JSG
— Manya Koetse (@manyapan) June 7, 2023
यो भिडियो चीनको सोसल मिडियामा भाइरल नै भयो । तर विद्यालयले आफ्नो पुरानै कुरा दोहोरायो । जुन ३ तारिखमा जियाङ्क्षी भोकेसनल टेक्निकल कलेजले आफ्नो आधिकारिक बयान सार्वजनिक गर्दै खानामा मुसाको टाउको भएको हल्ला निराधार भएको र यो हाँसकै टाउको भएको दाबी गर्यो । त्यसको भोलिपल्ट स्थानीय खाद्य पर्यवेक्षणले पनि यसबारे टिप्पणी गर्दै खानामा हाँसको टाउको नै भएको बतायो ।
हल्ला फैलिएपछि स्कुलका अधिकारीले विद्यार्थीलाई यसबारे अनलाइनमा बहस गर्न निषेध गरेको छ । स्कुलले सम्झौता गरेको क्याटरिङ कम्पनीले आफ्नै वक्तव्य जारी गरेको छ । उक्त वक्तव्यमा टाउको भएको खाना आफ्नो कम्पनीले डेलीभर नगरेको दाबी गर्दै त्यो अर्कै क्याफ्टेरिया स्टलबाट आएको बताइएको छ । कम्पनीले यसबारे हल्ला फैलाउनेले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।
तर जति नै लुकाउन खोजे पनि र्याट हेड गेट त्यति नै भाइरल भइरहेको छ । धेरैले स्कुल र स्थानीय प्रशासनले झुटोलाई समर्थन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारका नाममा ठगी बढेपछि तीन बुँदे ट्राभल एड्भाइजरी जारी
-
सुदूरपश्चिमबाट देशभर सर्दै मौसम बदली, खपिनसक्नु चिसो बढ्ने
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा