गर्मी बढेसँगै कैलालीका विद्यालयमा धमाधम बिदा

धनगढी । एक सातायता अत्यधिक गर्मी बढेपछि कैलालीका स्थानीय तहहरुले विद्यालयमा धमाधम गर्मी बिदा दिन थालेका छन् । गर्मीले स्कुले विद्यार्थीहरू निकै प्रभावित भएको भन्दै यहाँका पालिकाहरूले गर्मी बिदा दिन थालेका हुन् ।
पछि बर्खे र हिउँदे बिदामा मिलान गर्नेगरी गर्मी बिदा दिएको पालिकाहरूले बताएका छन् । जिल्लाको धनगढी उपमहानगरपलिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिकालगायतले गर्मी बिदा दिएका छन् ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । सो कार्यालयका नायब मौसम विज्ञान सहायक विरेन्द्र प्रसाद कुश्वाहाले गर्मी अझै बढ्ने अनुमान गरिएको बताए ।
केही दिनयता बढेको गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसोको समय लु (तातो हावा) चल्ने गरेको छ । यहाँका अस्पतालहरुमा गर्मीजन्य समस्याका बिरामी बढेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको खबरदारी सभा
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर