शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
उखरमाउलो गर्मीमा बन्दकर्ता सडकमा, तस्बिरमा हेर्नुस्

उखरमाउलो गर्मीमा बन्दकर्ता सडकमा, तस्बिरमा हेर्नुस्

आइतबार, २८ जेठ २०८०

धनगढी । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालमा उत्रिएका बन्दकर्ताहरुले गर्मीको प्रवाह नै नगरी प्रदर्शन गरेका छन् । कैलालीमा प्रदशर्नकारीहरुले ठाउँठाउँमा काठ तथा ढुंगा राखेर सडक अवरुद्ध गरेका हुन् । 

मध्य दिउँसो समेत उनीहरुले सडक अवरोध गर्दै प्रदर्शन गरेका छन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिको अगुवाइमा आइतबार सुदूरपश्चिममा आमह्डताल आह्न गरिएको हो ।

आमहड्तालका कारण सुदूरपश्चिमका जिल्लाका अधिकांश शैक्षिक संघ संस्था, कलकारखाना, यातायातलगायत ठप्प छन् । सवारी साधन बन्द हुँदा सर्वसाधारणहरु समस्यामा परेका छन् ।

संघर्ष समितिले २०७९ माघ २९ गतेको मन्त्रिपरिषद् बैठक र यही जेठ ५ गते नीति तथा कार्यक्रम अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि त्यसको विरोधमा सुदूरपश्चिमका बासिन्दा आन्दोलित भएका हुन् । 

कैलालीको धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया