भारतमा सडक दुर्घटनामा परेर ४ नेपालीको मृत्यु

दोधारा चाँदनी । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए ।
दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ । “विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा