केन्द्रीय बैंकमार्फत ४९ खर्ब ४९ अर्ब तरलता प्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा केन्द्रीय बैंकले ४९ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको हो ।
यद्यपि, सोही अवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी ६ खर्ब १९ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी ५ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ बराबरको भारतीय मुद्राको खरिद गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात