४ जना मृतावस्थामा फेला
आइतबार, २८ जेठ २०८०, १२ : ५२

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा पनि गोरखा सिरानचोक गाउँपालिका–६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पूर्णबहादुर पुलामी मृत अवस्थामा परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मैले पानी खाएपछि साथीहरू धाराको वरिपरि सुनपानी छर्कन्थे
-
क्यान टुक्र्याउन दबाब दिने ईयूभित्र कति स्वायत्त छन् सिभिल एभिएसन ?
-
बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही