शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् ।
यस पटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैँ छक्क परेका छन् । शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।
शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए । यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।
कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौँ रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य