तीनदिने एसियाली बीमा सम्मेलन सम्पन्न
काठमाडौँ । तीन दिनदेखि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय बीमा सम्मेलन आज सम्पन्न भएको छ । यही जेठ २५ गतेदेखि गोर्कण फरेष्ट रिसोर्टमा एसियाली बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय सम्मेलन जारी थियो । आज शनिबारसम्म जारी सम्मेलन बीमा कम्पनीहरुमा जारी अभ्यास, अवसर र चूनौतीबारे छलफल गर्दै सम्पन्न भएको हो ।
आज बीमा सम्मेलनको अन्तिम तथा तेस्रो दिन जीवन बीमा व्यवसायको अभ्यास अवसर र चूनौती विषयमा छलफल भएको थियो । यस्तै, दोस्रो सेसनमा लैंगिक टूल किटको उपयोगिताका विषयमा छलफल भएको थियो भने तेस्रो सत्रमा जोखिममा आधारित नियामकीय रुपरेखाको महत्वपूर्ण पाटोको विषयमा छलफल भएको थियो ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा आयोजित सम्मेलनमा एसियाली बिकास बैंक, एक्सेस टू इन्स्योरेन्स इनिसिएटिभको सहयोग थियो । सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया र जापानसहित एसियाका २ दर्जन बढी देशबाट ५०० प्रतिनिनिधहरुको सहभागिता थियो ।
बीमको अन्तर्राष्ट्रिय सम्मेलनमा बीमा क्षेत्रमा उदयीमान जोखिमहरुको पहिचानको प्रयास भएको थियो । यस्तै, बीमा क्षेत्रका जोखिम मूल्यांकन र न्यूनीकरण, पहिचान लगायतका विषय सम्मेलनको मूख्य उद्देश्यकारुपमा थियो । यसबाहेक, सम्मेलनमा जलवायू परिवर्तनका असर र बीमा क्षेत्रमा परेको जोखिम लगायतका विषयमा समेत छलफल भएको थियो ।
यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारबाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरू बीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवं साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जबाफदेही किसिमले अघि बढाउने लगायत विषयमा समेत छलफल भएको प्राधिकरणले जनाएको छ ।
सम्मेलनमा रिक्स बेस स्लोभेन्सीको कार्यान्वयन, बीमामा नवीनतम डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुति र कार्यपत्रहरू माथि छलफल एवं अन्तरक्रियात्मक कार्यक्रम थियो ।
यो सम्मेलनबाट नेपालमा सञ्चालित बीमा व्यवसाय र कम्पनीहरुले अन्तर्राष्ट्रिय अभ्यास र चूनौतीबारे बुझ्न सहयोग पुगेको बताइएको छ । यस्तै, नेपालको नियामकीय निकायले खेल्दै आइरहेको भूमिका र अन्य एसियाली देशका नियामकीय निकायले खेलेको भूमिका र अन्य देशका कम्पनीले खेलिरहेको भूमिकाका बारेमा समेत बुझ्ने अवसर मिलेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच