मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसको माग पुरा भएको छैन,आन्दोलनका लागि तयार रहनुस् : सिके राउत

शनिबार, २७ जेठ २०८०, १७ : १५
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गर्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको धारणा राखे । 

उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन । त्यसैले आन्दोलन गर्न आवश्यक छ ।’  जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको उनको भनाई छ  । अध्यक्ष राउतले भने, ‘अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्थे तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ।’ आफ्ना लागि पद र पैसा ठुलो नरहेको पनि उनले बताए ।

कार्यक्रममा जसपाबाट करिमा बेगम, उमेश पटेल, किशन पटेल, मनोज यादव, एमालेबाट प्रह्लाद गिरी, जितेन्द्र यादव, लोसपाबाट नेता शशीकुमार मियाँ, दिनेश साह कानु, सुधीरनाथ पाण्डेलगायत जयकुमार मिश्र, वृजकिशोर यादव, प्रमोद यादव, धर्मेन्द्र गुप्ता, छोटेलाल साह तेली, संगिता देवी तिवारी, विनोद साह तेली, भगीरथ साह कानुन, अजित देवान, विकास चौधरी, उमेश ठाकुर, उदय तिवारी, नन्दकिशोर राम, साइद प्रवेज, जाहिद परवेज, श्यामबाबु मण्डल सो पार्टीमा प्रवेश गरेका छन् । 

त्यस्तै, जमिला खातुन, हुसन तारा खातु, प्रमोद महरा, दरोग राउत, सलाउदिन, शरणराज अलि, नौसाद अन्सारी, नीरज गुप्ता, रञ्जित गुप्ता, सैफ, नौसाद, वासिम अलि, विशाल साह, सोनु कुशवाहा, उपेन्द्र कुशवाहा, चन्दन शाह, सलमान अलि, राजु गुप्ता, सजाद मन्सुरी, विशाल कुशवाहा, दिपु सिंह, प्रेम पटेल, नन्दकिशोर चौरसिया, सरस्वती मलाहा, सुनैना देवी मलाह, सुनैना मलाह, जचिया देवी सहनी, आशिष तिवारी, सहिरान तिवारी, राजेन्द्र ठाकुर पनि साे पार्टीमा प्रवेश गरेका छन् ।  

त्यसैगरी राजु पटेल, रसुल गद्दी, धुरन्धर पटेल, सोनालाल पटेल, बच्चा गिरी, सुरेश गिरी, गजेन्द्र गिरी, गोविन्द यादव, मनोज यादव, अब्दुल मियाँ, अबिल अवारी, अकबर मियाँ, राजबाबु चौधरी, बिक्कीकुमार साह, मनोज साह, योगेन्द्र कुर्मी, रुस्तम अलि, ललन चौरसिया, दसैँ पासवान, कन्हैया दास, विहारी पण्डित, सिपाही, प्रमेश साह तेली, रामबाबु चौरसिया, रामनारायण मुखिया, मेघराज मुखिया, रोक्साना खातुन लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप