विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । शनिवार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । सर्लाही, झापा र उदयपुरमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली फिक्कल गाउँपालिका(६ बस्ने ३५ वर्षीय तेजकुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–५ लेकुवापुलस्थित सडकमा बिआर ०१ बिएम २४२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक बह्रमपुरी गाउँपालिका–२ बस्ने २० वर्षीय रमेश ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालबन्दी स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, झापाको मेचिनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ । हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’