१२ वर्ष पछाडि नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान
शनिबार, २७ जेठ २०८०, १५ : २२

सोलुखम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।
यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो । नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)