महाकाली किनारमा एक पुरूषको शव फेला
शनिबार, २७ जेठ २०८०, १३ : ००

बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।