नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्यान्डलाई नेपालले पराजित गरेको थियो ।
जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।
नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने