डलरसँग नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन
शुक्रबार, २६ जेठ २०८०, १७ : ४२

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.७९ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख मसान्तसम्म २.७९ प्रतिशतले अवमूल्यन हुँदै १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा कायम भएको बैङ्कले जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विनिमय दर नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.७१ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०७९ असार मसान्तमा उक्त विनिमय दर १ अमेरिकी डलर १२७.५१ रुपैयाँ रहेको थियो ।