टोपबहादुरको पक्षमा यस्तो छ वरिष्ठ अधिवक्ता पन्तको बहस
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए ।
उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने जिकिर गरे । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ हुने उल्लेख गरे ।
‘निहित राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बदनियत राखेको देखिन्छ’, उनले इजलासमा भने ।
प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको उनको जिकिर छ । तर, पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरे । प्रहरी मुद्दा चलाउनमात्रै उद्धत रहेको भन्दै उनले प्रहरीले पब्लिसिटीको लागि प्रहरी काम गरेको तर क्राइम कट्रोलमा ध्यान नदिएको उल्लेख गरे । उनले त्यसो हैन भने पन्थीको मुद्दा किन अघि बढेन भन्ने उनको प्रश्न थियो । सन्देश शर्माको बयानअनुसार गजेन्द्र बुढाथोकरी र रामकुमार रेग्मीलाई प्रतिवादी बनाइनु पर्ने उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क