बजेट लथालिंग देशको भताभुंग चाला : गोकर्ण विष्ट

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित गरेर बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएकाले मान्य नहुने बताए ।
सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी पनि गरे ।
‘बजेटजति डडेलधुरा र गोर्खामा रे ! क्रमागत आयोजनाहरु काटिन्छन्, केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित गरिएको छ यो विधि र न्याय स्थापित भएन’, उनले थप भने, ’एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ ।’
उनले सरकार र बजेटबाट आशा गर्नु भनेको धतुरो रोपेर स्याउ, सुन्तला फलाउन खोज्नुजस्तै भएको बताए ।
‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन र एउटा भनाई छ–जुनकिरीको पिँधले उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन’, विष्टको भनाइ छ ।
वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने विष्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन