शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार

शुक्रबार, २६ जेठ २०८०, १२ : ५४
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो ।  अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ । 

यद्यपि, अघिल्लो साताको तुलनामा केही अङ्कले नेप्से सूचक वृद्धि घट्दै गर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो हप्ता झन्डै ९३ अङ्कले नेप्से बढेको बजारमा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । 

पुनः एक खर्बले मार्केट क्यापिटलाइजेशन वृद्धि

अघिल्लो सातामा जस्तै यो साता पनि सेयर मार्केट क्यापिटलाइजेशन १ खर्ब माथिले बढ्न पुगेको छ । अघिल्लो साता २७ खर्ब २४ अर्ब ६५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको मार्केट क्यापिटलाइजेशनमा थप १ खर्ब ९ अर्ब ७१ करोड ३० लाख वृद्धि भएको छ । स्टक एक्सचेन्जका अनुसार जेठ २५ गतेसम्मको सेयर मार्केट क्यापिटलाइजेशन २८ खर्ब ३४ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप