मलाई आक्रमण हुँदा ड्राइभरले बचाए : उपसभामुख दनुवार
विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गरेकी छिन् । विराटनगरमा आज आयोजित महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्नुपर्ने धारणा राखिन् ।
‘आफ्नो माग राखिरहँदा अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ । कोशी प्रदेश सरकारले वार्ता टोली बनाएको भएपनि वार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्छ,’ उनले भनिन्, ‘म आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको छु। आजदेखि केही दिनको लागि घर जानु हुँदैन कि भन्ने लागेको छ । जनप्रतिनिधिलाई गाउँ जान नदिनु भनेको जनताको भावना माथिको खेलवाड हो ।’
उनले कोशी प्रदेशको सांसद र सांसदलाई सचेत बनाउँदै विकास र समृद्धिमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताइन् । महिलाहरुलाई उपमा मात्र राखिएको भन्दै उनले प्रमुखमा आउन नदिइएको भन्दै त्यसका लागि महिलाहरू आफैं अब्बल हुनुपर्ने जरुरी रहेको बताइन् ।
उनलाई पहिचानवादीहरूले हिजो उदयपुरको गाईघाटमा आक्रमण गरेका थिए । उनी चढेको गाडीको झण्डा झिकिएको र अहिलेसम्म नदिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा