रोपाइँँको समय आयो, मल आएन
दाङ
किसान– हेलो, साहुजी मल आयो ?
साहूजी – नाई, छैन ।
किसान – कहिले आउँछ ?
साहुजी– थाहा छैन ।
यो संवाद घोराही उपमहानगरपालिका–७ का किसान हरिलाल चौधरी र उनको गाउँकै मल वितरण गर्ने एक कृषि सहकारी संस्थाको एक कर्मचारी बीचको हो । चौधरीले रोपाइँँका लागि ब्याड राख्न खेत खनजोत गरी ठिक्क पारेका छन् । तर ब्याडका लागि बीउ छराैँ कि नछरौं भन्ने दोधारमा छन् उनी । समयमा मल आएन भने समयमा धान रोपाइँँ हुदैन । समयमा रोपाइँँ नहुुँदा ब्याड–बीउ खेर जान्छ कि भन्ने डर उनकोमा छ ।
रोपाइँँको सुरसारमा रहेका चौधरी मल नआउँदा निराश बनेका छन् । उनले भने–‘जेठमास सकियो, असारको आधाउधीबाट खेतीपाती चल्छ । तर, अझै मल आएको छैन ।’
उता घोराही उपमहानगरपालिका–१८ का मोतिलाल घर्तीले रोपाइँँका लागि खोला छेउको खेतमा ब्याड राखिसकेका छन् । असारको १०-१५ बाट उनी रोपाइँ गर्ने तयारीमा छन् । तर उनले पनि अझै मल पाएका छैनन् । उनले भने–‘मलको वर्षेनी दुःख छ । हाम्रा दुःख कल्ले सुन्ने ?’
असार सुरु हुन लागेसँगै दाङका किसान रोपाइँका लागि खेतमा ब्याड बीउ राख्ने तयारीमा छन् । तर, अझै पनि रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले समयमा मल व्यवस्थापन गर्न नसकेको स्वीकारे ।
कृषि ज्ञान केन्द्र दाङका अनुुसार दाङमा कुल खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरमध्ये हाल ६५ हजार ९८० हेक्टरमा खेती हुने गर्दछ । जसमध्ये गत आर्थिक वर्षमा बर्खेखेती धान ३७ हजार ४३० हेक्टर, मकै १७ हजार ८५० हेक्टर र बर्खे आलुु २७ सय ८८ हेक्टरमा खेती भएको थियो ।
कुल खेतीयोग्य जमिनका लागि युरिया, डिएपी र पोटास गरी वर्षेनी करिव ३३ हजार मेक्ट्रि टन रासायनिक मल आवश्यक पर्ने भए पनि ३० प्रतिशत मात्रै मल आपूर्ति हुँदै आएको छ ।
कोटा आउँछ, मल आउँदैन
कृषि ज्ञान केन्द्र दाङले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि दाङको खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरका लागि युरिया १७ हजार २१० मेक्ट्रि टन, डिएपी १२ हजार ४९५ मेक्ट्रि टन र पोटास ३१ सय १६ मेट्रिक टन माग गरेको छ ।
तर हालसम्म लुुम्विनी प्रदेशस्तरीय मल वितरण समितिले ४८७ मेट्रिक टन मात्र युुरिया पाउने कोटा पठाएको छ । कोटासँगै सरकारले मल पठाउनुपर्ने हो । तर, कोटा मात्रै पठाउँदा दाङमा अहिले रासायनिक मलकोे निकै अभाव छ ।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछाने भने–‘दाङका किसानले प्रत्येक वर्ष सिजनमा रासायनिक मलको अभाव व्यहोर्नुु परिरहेको छ । किसानले माग गरे अनुुसारको मल पाउन सकेका छैनन् ।’
रित्तो गोदाम
चालु आर्थिक वर्षमा दाङका लागि आवश्यक रासायनिक मल युरिया, डिएपी र पोटास गरी कृषि ज्ञान केन्द्र दाङले मल वितरण समितिलाई ३२ हजार ८२१ मेट्रिक टन मल माग गरेको थियो ।
जसअनुसार समितिबाट दाङमा करिव ३० प्रतिशत मात्रै रासायनिक मल आपूर्ति भएको थियो । यसमा युरिया ३३३१.४ र डिएपी १०९४.४ तथा पोटास १६३ मेट्रिक टन आपूर्ति भएको थियो ।
माग अनुुसारको रासायनिक मल आपूर्ति हुुन नसक्दा अहिले जिल्लाका रासायनिक मलका गोदामघर रित्तै छन् ।
खरिदमै ढिलासुस्ती
रासायनिक मलको खरिद प्रक्रिया अन्र्तराष्ट्रिय ठेक्का प्रक्रियाबाट नेपाल सरकारले खरिद गर्दै आइरहेको छ । एउटा मलको ठेक्का खरिद गर्न र ल्याई पुु¥याउन सरकारलाई झण्डै ५ महिना लाग्छ ।
कार्यालय प्रमुख गौतमले भने–‘४५ दिन ठेक्का आह्वानको समय हुन्छ । कतिपय अवस्थामा ठेक्कै लाग्दैन । सरकारको झन्झटिलो खरिद प्रक्रियाका कारण किसानले समयमा रासायनिक मल पाउन सकेनन् । सरकारले खरिद प्रक्रिया छिटोछरितो बनाउन पहल गर्नुपर्छ ।’