राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ । बिहीबार काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अब नेपालबाट रोजगारीको लागि कतार पुगेका नेपालीहरुको मानवअधिकार हनन भएको बारेमा त्यहाँस्थित कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ ।
सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय मानव अधिकार आयोग, नेपाल कामु सचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगको बीच तीन वर्षको लागि एमओयु भएको बताए । उनले कतारमा काम गर्ने नेपाली कामदारहरुको हक र अधिकार संरक्षणका लागि यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले कतारमा भएका नेपालीहरुको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताए ।
उनले समितिले कतारमा रहेका नेपालीहरुको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरुले काम गर्ने कम्पनीहरुको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही