मोरङमा स्कुटरलाई ठक्कर दिने बसमा आगजनी
बिहीबार, २५ जेठ २०८०, १७ : ५३

मोरङ । मोरङ सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । बिहीबार पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।
मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए ।
चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’
-
शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा, मन्त्रिपरिषद् बैठक बस्दै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री