६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चट
चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ ।
चिनियाँ मिडियाले यो अचम्मको घटनाबारे जानकारी दिएको हो जसअनुसार वाङ थर भएका एक व्यक्तिले आफूलाई जागिरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेका थिए । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण शौचालयमा धेरै समय बिताउनु परेको भन्दै मुद्दा दर्ता गरेका थिए ।
वाङले आफ्नो एनोरेक्टल (मलद्वार) सम्बन्धी समस्या भएका कारण शल्यक्रिया गर्नुपरेको र यसका कारण आफूलाई पीडा र असहज महसुस हुने गरेकोले दैनिक ३ देखि ६ घण्टा शौचालयमा बिताउन बाध्य भएको बताए । वाङको पूर्व रोजगारदाता कम्पनीले १० दिनको अवधिमा उनले जम्मा २२ पटक टोइलेट ब्रेक लिएको जुन ४७ मिनेटदेखि ६ घण्टासम्म भएको जानकारी दियो । काममा ढिलो, कार्यालयबाट छिटो निस्केको, जानकारी नदिई बिदा बसेकोले तियानजिनस्थित नाम नखुलाइएको कम्पनीले वाङलाई जागिरबाट निकालेको स्पष्टीकरण दिएको छ ।
वाङको शल्यक्रिया सन् २०१४ को डिसेम्बरमा भएको थियो । उनको रोजगारदाता कम्पनीले सन् २०१५ मा जुलाईमा काममा फर्किएपछि उनले असामान्य रूपमा टोइलेट ब्रेक लिन थालेको बतायो । वाङलाई कम्पनीले २०१५ मा सेप्टेम्बर ७ देखि १७ सम्म निगरानीमा राखेको थियो । त्यति बेला उनले प्रत्येक दिन तीन पटक लामो टोइलेट ब्रेक लिएको पाइएपछि उनलाई कम्पनीले जागिरबाट बिदा गर्ने निर्णय गरेको थियो ।
अक्टोबर २०१५ मा वाङले कम्पनीमा आफ्नो जागिर पुनर्स्थापित गर्न मध्यस्थताको खोजी गरे । दुई पक्षबीच लामो कानुनी लडाइँ भयो जुन यस वर्ष समाप्त भयो । तियानजिन उच्च अदालतले ती व्यक्तिको बाथरुम ब्रेक ‘उचित र सामान्य शारीरिक आवश्यकता’ भित्र नपरेको घोषणा गर्यो । त्यसैले वाङले मुद्दा हारे ।
यो खबरले मिश्रित प्रतिक्रिया पाएको छ । कतिले यसलाई निकै गम्भीर स्वास्थ्य समस्या बताइरहेका छन् भने कतिले शौचालयमा तीन घण्टा बिताउनु भनेको सामान्य कुरा नभएको बताएका छन् । यस्तै, कोहीले भने ‘काम कहिले गर्छौ’ भनेर प्रश्न सोधेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा
-
१२ बजे, १२ समाचार : ‘प्रतिनिधि सभा होइन, घोचपेच सभा’देखि रविले निलम्बन फुकुवाको विवेदन दिएपछि सभामुख फायरसम्म
-
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चले जारी गर्यो तीन बुँदे आदेश
-
ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
-
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
-
सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ