सूर्य नेपाल प्रिमियर गल्फमा सदभावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको अन्तिम प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ को तेस्रो दिन बिहीबार राष्ट्रिय टोलीका खेलाडी एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा रहेका छन् । अन्तिम १८ होलको खेल बाँकी रहँदा सदभावले एकल अग्रता बनाएका हुन् । सदभावले तेस्रो दिन पनि सात अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले । समग्रमा १६ अन्डर दुई सयको स्कोरसहित उनले नेपालका नम्बर एक एमेच्योर खेलाडी सुवाष तामाङलाई दुई स्ट्रोकले पछि पारेका हुन् ।
दोस्रो दिनका संयुक्त लिडर सुवास पाँच अन्डर ६७ को प्रदर्शन गर्दै समग्रमा १४ अन्डर दुई सय दुईको स्कोरसहित दोस्रो स्थानमा झरेका हुन् । प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेका छन् । दुई अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ समग्रमा आठ अन्डर दुई सय आठ स्कोरसहित तेस्रो स्थानमा छन् । साविक विजेतासमेत रहेका नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन एक अन्डर ७१ को स्कोर गरे ।
समग्रमा सात अन्डर दुई सय नौ स्कोरसहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सदभावभन्दा नौ स्ट्रोकले पछाडि परिसकेका छन् । समग्रमा पाँच अन्डर दुई सय ११ को स्कोरसहित दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रुपमा पाँचौ स्थानमा छन् । दिनेशले बिहीबार चार अन्डर ६८ र भुवनले एक अन्डर ७१ को प्रदर्शन गरे । एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन् । बिहीबार दुई ओभर ७४ खेलेका उनले समग्रमा तीन ओभर दुई सय १९ स्कोर बनाए । युवा गल्फर सदभावले लगातार दोस्रो दिन सात अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन दुई अन्डर ३४ मा सकाए ।
सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे । त्यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै उनले ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे । उनले ब्याक नाइन पाँच अन्डर ३१ मा टुंग्याए । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित उक्त प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड