शिक्षा र स्वास्थ्यमा बजेट छुट्याउन कन्जुस्याइँ भएको छः सांसद शर्मा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले यस्तो बताएकी हुन् ।
'शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटले कञ्जुस्याईँ गरेको छ । संविधानमा कम्तीमा २० प्रतिशतको कुरा भएपनि शिक्षामा बजेट करिब १२ प्रतिशतमै सीमित भएको छ । स्वास्थ्यमा पनि पुगेको छैन’, उनले भनिन् ।
उनले करको दरहरू वैज्ञानिक र तल्लो वर्गलाई राहत हुनेगरी निर्धारण हुनुपर्नेमा पनि धारणा राखिन् । बजेटलाई उपेक्षित र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिएर सबैको अपनत्व गराइनुपर्नेमा उनले जोड दिइन् ।
यद्यपि बजेटले अहिले परिस्थिति र धरातललाई बुझेर र टेकेर आएको उनको भनाइ छ । बजेट सन्तुलित ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले समस्याको वास्तविक पहिचान गर्न खोजिएको पनि धारणा राखिन् ।
समग्रमा बजेटले विषय परिस्थितिलाई चिर्दै समृद्धिको दिशा दह्रोसँग पकड्न सकेको भन्दै उनले सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखिन् ।
बजेटले आर्थिक रूपमा वृद्धि गर्ने सहितका ६ उद्देश्य राखेको र १० प्राथमिकता पनि राम्रो ढङ्गले आएको शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि