राष्ट्रियसभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग
काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद डा विमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन् । उनले भनिन्,“लामो खडेरी र बढ्दो तापक्रमले तराईको जनजीवन अस्तव्यस्त भएको,यसबाट विद्यालय, कार्यालय बन्द रहेको र अस्पतालमा बिरामी बढिरहेका छन् । सरकारले सम्भावित जोखिमबारे जनचेतनाको साथै राहत र उद्धारको कामलाई कसरी व्यवस्थित गर्दैछ यसको जानकारी गराउनु पर्छ ।”
सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको छ भने । उनले भने, “नक्शाबारे नेपाल सरकारले भारतसरकारसँग स्पष्ट जवाफ माग गर्नुपर्छ ।”
सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराइन् । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसँग माग गरिन् ।
सांसद महेशकुमार महराले विसं २०७७ साउनमा परेको अभिरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताइन् ।
सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्छ भने । अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौँ पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नती हुन नसकेको र बर्खायामको समयमा यात्रु र सर्वसाधारणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान