नागरिकता विधेयकप्रति रवि लामिछाने नरम : नागरिकता नपाउनुको पीडा मलाई राम्रोसँग थाहा छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिसँग कुनै सरोकार र भोट बैङ्कको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटर ब्याज जस्ता विषयमा आवाजविहीन मधेसी जनताको पक्षमा आफू उभिएको संसार साक्षी रहेको टिप्पणी गरे ।
उनले भने– ‘मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनुहुँदैन, त्यो उसको नैसर्गिक अधिकार हो । जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानको अधिकार मेरो र तपाईंको अधिकार जति सुनिश्चित छ त्यो हुनुपर्छ सभामुख महोदय ।’
उनले वैवाहिक अङ्गीकृतका विषयमा विधेयक मौन रहेको हुनाले यसबारे छलफल चलाउन खोजिएको बताए । उनले एकल आमाको नामबाट नागरिकता दिँदा बाबु पत्ता नलागेको स्वघोषणा गर्नुपर्ने विषय अपमानजनक हैन भन्दै प्रश्न गरेका छन् ।
उनले भने– ‘संसद्मा विधेयक आएको भए यस्ता विषयमा हामी पनि सोच्थ्यौँ, छलफल गर्थ्यौँ, स्वामित्व लिन्थ्यौँ भनेको हो । तर जसरी जुन बाटोबाट प्रमाणीकरण भयो, त्यसमा हाम्रो आपत्ति यतिमा हो सभामुख महोदय, यदि सदनमा आएर छलफल हुने भएको भए, त्यहाँ भएको विभेदका विषयमा पनि हामी कुरा गर्थ्यौ । महिला र पुरुषलाई वैवाहिक अङ्गीकृतको विषयमा जुन विभेद गरिएको छ, त्यसमा पनि हाम्रो धारणा राख्थ्यौँ र दूधको दूध पानीको पानी थाहा हुन्थ्यो कि को कुन कुराका पक्षमा छन् वा विपक्षमा छन् भन्ने थाहा हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित