प्रिमिएरमा रुचाइयो ‘नीरफूल’

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा रंगपत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तामाङ कलाकारले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका कलाकारलाई हलमा प्रवेश गराएका थिए । प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिए ।
२०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट र पारिवारिक कथा मिसाइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको समेत अभिनय छ ।
फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । लेखन समेत वलकै रहेको फिल्म धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको छ ।
फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन