कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान
![कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान](https://npcdn.ratopati.com/media/news/child-vaccine-khop-dadura_h9OqGIDnAK.jpg)
कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो । आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने छ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए ।
“खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पन्तले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।”
सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । कञ्चनपुरमा पाँच सय ७२ खोप केन्द्रबाट खोप दिइने छ । साथै तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्क दुःखी आत्मा हुन् : साम अल्टम्यान
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता
-
बबरमहल डुबानमा परेपछि यसरी गरियो रेस्क्यू, तस्बिरहरू
-
नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)