स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट

काठमाडौँ । अभिनेत्री नम्रता सापकोटाले उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । बुधबार आयोजित तेस्रो ‘स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३’ मा उनले तेस्रो ‘डेसान’ फिल्मबाट अवार्ड पाएकी हुन् ।
कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड भने अभिनेता प्रदीप खड्काले प्राप्त गरे । खड्कालाई फिल्म ‘प्रकाश’ अभिनयको कारण अवार्ड मिलेको हो ।
राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा राष्ट्रिय फिल्म तर्फ निर्देशक दिनेश राउत, लेखक विकास सुवेदीले पनि ‘प्रकाश’ फिल्मबाट अवार्ड प्राप्त गरे । समारोहमा दर्शनवीर शाक्य, प्रसन्न माली, ज्ञानेन्द्र कोइराला, सृजना कार्की, ज्ञानेन्द्र खतिवडाले समेत अवार्ड थापे ।
त्यस्तै गौतम खड्का, कमल एक्चै मगर, राहुल राई, राजन खरेल, लव प्याकुरेलले पनि अवार्ड थापे । कार्यक्रममा ईन्टरनेशनल विधातर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (इरान) लाई उत्कृष्ट कथा, द लाइट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायाकार र फिडलस्ट्रिक (इजिप्ट) चलचित्रबाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरियो ।
राष्ट्रिय १४ र अन्तर्राष्ट्रिय ४ विधा गरेर कुल १८ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा विजेतालाई अवार्ड युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, स्पाईनी मुभिज प्रालिका डा. हुस्नेद आजाद, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका अध्यक्ष नबल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरी, चलचित्र नृत्य कलाकार सङ्घका अध्यक्ष जनक कार्की, ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य, खुम्बु पासाङ गाउँपालिकाका १ का अध्यक्ष फुनुरु शेर्पा, चलचित्र पत्रकार शान्तिप्रिय, डब्बु क्षत्री, विजयरत्न तुलाधर, भरत बम्जन, लोक गायक कुलेन्द्र वि.क., चलचित्रकर्मी ऋषि लामिछाने, दिनेश पाख्रिन, ऋषिराज आचार्य लगायतले अवार्ड प्रदान गरेका थिए ।
देश तथा विदेशका चलचित्रहरूलाई एक आपसमा प्रतिस्पर्धा गराउँदै कला संस्कृतिको समेत आदान प्रदान गर्ने उदेश्यले फेष्टिभल आयोजना गरिएको फेष्टिभलका कार्यक्रम निर्देशक कमला जोशीले बताइन् ।
गायिका रोशनी रसाईली, ईभेन्ट म्यानेजर सन्तोष सुवेदी, सञ्चारकर्मी बाबुराम सिग्देल, गायकहरू ओम सुनार र अमृत खाती, अभिनेत्रीहरू आशा भुसाल र उषा खनाल लगायतलाई सम्मान समेत गरिएको फेष्टिभलका निर्णाकहरुमा चलचित्र निर्देशक माधव राज खरेल, नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुसाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भिष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, सञ्चारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रुपमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन
-
बल्ल कार्यान्वयन आयो ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ कार्यक्रम