१९ वर्षीय वेलिङ्घमका लागि १० करोड युरो खर्चन तयार रियल म्याड्रिड

काठमाडौं । इङ्ल्यान्डका १९ वर्षीय युवा मिडफिल्डर हुन्, जुड वेलिङ्घम । सानै उमेरमा उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पनि बनिसकेका छन् । हाल उनी जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ब्यवसायीक फुटबल खेल्छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडले यी किशोर खेलाडीमाथि लामो समयदेखि आँखा लगाउँदै आएको थियो । अहिले आएर रियल म्याड्रिड वेलिङ्घमका लागि एक सय तीन मिलियन युरो अर्थात १० करोड ३० लाख युरो खर्चन तयार भएको छ ।
वेलिङ्घम पनि स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुन सहमत भएका छन् । रियल म्याड्रिडले बेलिङ्घमलाई भित्राउन जर्मन क्लबसँग वार्ता गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रियल म्याड्रिडमा आबद्ध हुने प्रक्रिया पूरा गर्न केही दिनमै बेलिङ्घमको स्वास्थ्य परीक्षण गरिने पनि समाचारमा जनाइएको छ । विश्व फुटबलका यी उदियमान खेलाडी सन् २०२० मा बिर्मिङ्घम सिटीबाट डर्टमण्डमा आबद्ध भएका थिए ।
उनी १९ वर्षको उमेरमै क्लबको कप्तानी गर्दै सबैभन्दा कान्छो कप्तानसमेत बनेका थिए । बेलिङ्घमले यो सिजन डर्टमन्डका लागि ४२ खेल खेल्दै १४ गोल गरेका छन् । उनले सातवटा गोलका लागि पास पनि उपलब्ध गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो