प्रधानमन्त्रीको भारत भ्रमणलाई निजी भ्रमण भन्नु आपत्तिजनक : सांसद बजगाईँ
बुधबार, २४ जेठ २०८०, २१ : ४२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा दिएको अभिव्यक्ति आपत्ति जनक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमण निजी भ्रमण भएको भन्नु आपत्ति जनक रहेका बताएका हुन् ।
सांसद बजगाईँले भारत सरकारले दिएका भैँसीमाथि प्रहार गर्नु भैँसी पाल्ने किसानको अपमान गर्नु भएको बताएका छन् । उनले भारतले मूर्रा भैँसी नश्ल सुधारका लागि दिएको बताए ।
सांसद बजगाईँले नेपालमा जनमोर्चा र नेमकिपा बाहेक सबै दल भारतीय पक्षसँग सहकार्य गरिरहेको बताए । चीन नेपालको मित्रराष्ट्र भएपनि छिमेकी परिवर्तन गर्न नसकिने बताए । उनले सीमा समस्या भएका संसद्ले सधैँ एकता प्रदर्शन गरेको बताए ।