स्वरा भास्कर आमा बन्दै
बुधबार, २४ जेठ २०८०, १६ : २५

बलिउड अभिनेत्री स्वरा भास्करले तीन महिना अघि एक निजी कार्यक्रममा समाजवादी पार्टीका नेता फहद अहमदसँग विवाह गरेकी थिइन् । अब स्वराले आफू आमा बन्न लागेको घोषणा सोसल मिडियामार्फत घोषणा गरेकी छिन् ।
स्वराले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर साझा गर्दै यसबारे जानकारी दिएकी हुन् । तस्बिरमा उनी श्रीमान् फहदसँग देखिएकी छिन् । तस्बिर सेयर गर्दै नायिकाले क्याप्सनमा लेखेकी छिन्, ‘कहिलेकाहीँ तपाईंको सबै प्रार्थना एकै पटक सुनिन्छ । हामी नयाँ संसारमा पाइला टेक्दै छौँ । यसका लागि भाग्यमानी, आभारी र उत्साहित छौँ ।’
उनले आफ्नो सन्तान अक्टोबरमा जन्मिने पनि जानकारी दिएकी छिन् । उनी हाल पाँच महिनाकी गर्भवती छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको देवानगञ्जमा गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा