यामको 'कार्साङ'मा दयाहाङ अनुबन्धित
बुधबार, २४ जेठ २०८०, १३ : ५१

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।
फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै