मैले एमाले छाडेको छैन केही समय बिदामा बसेको छु : मणि थापा
![मैले एमाले छाडेको छैन केही समय बिदामा बसेको छु : मणि थापा](https://rpcdn.ratopati.com/archived-media/Mani-Thapa.jpg)
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले एमाले पार्टी नछोडेको बताएका छन् । पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको थापाले बताए । पहिलोपटक थापाले पार्टीलाई पत्र लेखेर व्यक्तिगत काम गर्न भन्दै बिदा मागेर बसेका हुन् ।
‘मैले केही समय पार्टीबाट बिदा लिएर बसेको छु । तपाईँहरूले जसरी केही समय बिदा लिएर बस्नुहुन्छ नि त्यस्तै मैले एमालेबाट केही दिन बिदा लिएको छु । अरू कुनै पार्टीमा प्रवेश गर्ने भन्ने होइन’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘मेरो व्यक्तिगत पढ्ने, लेख्ने, साहित्यका कामहरू छन् त्यसमा व्यस्त हुनलाई केही दिन बिदा लिएको हो ।’
पार्टीलाई पत्र लेखेर बिदा बसेकोलाई राजनीति रूपमा निष्क्रिय हुने भन्ने रूपमा नबुझ्न थापाले आग्रह गरे । आफू निरन्तर सक्रिय भई एमालेमा रहने थापाले बताए ।
बिदा लिएर पुराना स्मरणहरू लेखेर रिभाईभ गर्न लागेको थापाले बताए । ‘मैले एमाले छोडेको छैन । पार्टी छोड्ने कुरा भएन’ उनले भने, ‘मैले काम नसकिँदासम्म बिदा मागेको छु । जहिलेसम्म काम सकिन्छ त्यतिबेलासम्म बिदामा बस्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : एफसी पोर्टो र एएस रोमाबीचको पहिलो लेग बराबरी
-
८ वर्षमा पनि पूरा भएन २१ किलोमिटर सडक विस्तार योजना
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव