सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ-५४ अब नेपाली बजारमा

काठमाडौँ । सामसङले उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन (5G) नेपाली बजारमा ल्याएको छ । मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको यो मोबाइलमा उपभोक्ताहरुले सहज रूपमा भिडियो हेर्न र स्क्रोल गर्नसक्छन् । ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरी यो मोबाइलमा उपलब्ध छ ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ । ग्यालेक्सी एम ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।
अक्टा–कोर एक्सिनोस १३८० चिप सेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५ वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ ।
४ वर्षको जेनेरेसन सम्मओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि उपभोक्ताले पाउनेछन् । यसमा रहेको “भ्वाइस फोकस“ ले आसपासको आवाजहरूलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरूमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।
ग्यालेक्सी एफ ५४ २ सिल्भर र निलो कलरमा उपलब्ध छ । यसको ८+२५६ जीबी भेरियन्टको मूल्य रु.५२,४९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध