बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्‍द्वारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

बुधबार, २४ जेठ २०८०, ११ : २९
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको जानकारी दिइन् ।

त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप