युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा, ४० हजार नागरिक उद्धारको प्रतीक्षामा

काठमाडौँ । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ ।
नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन् । उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।
युक्रेनी राष्ट्रपतिले बाँध भत्किनुको दोष रुसमाथि थोपरेका छन् । बाँध भत्किएपछि त्यहाँबाट निस्किएको पानी डिनिप्रो नदीमा मिसिएको बताइएको छ । त्यसैले राष्ट्रपति जेलेन्स्कीले नदी आसपास रहेका सहर र गाउँका नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।
रुसले भने बाँध भत्किनुको पछाडि रुसको कुनै हात नरहेको दाबी गरेको छ । बाँध भत्किएपछि आएको बाढीका कारण थुप्रै गाउँ जलमग्न भएका छन् । तल्लो क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् ।
स्थानीय प्रशासनले खेरसान नजिकै रहेको मिकोलाइव क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । बाढी प्रभावितका लागि आवास, खाना र लत्ताकपडाको पनि व्यवस्था गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने