उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

बालासोर । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ ।
एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु १६ करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार आजसम्ममा क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई रु १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।
आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् ।
यसैबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएका छन् । दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन् । दुर्घटनाको केन्द्रीय जाँच ब्युरो सीबीआईले अनुसन्धान गर्ने भएको छ । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध