संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन
मङ्गलबार, २३ जेठ २०८०, १९ : ५१

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा ( वाकाथन) आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिचेको र यसले उनीहरूलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पुर्याएको विश्वास विद्यालयले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा