फेलोसिपमा विदेश अध्ययन गर्न जाने चिकित्सकलाई आयोगबाट ‘आवश्यकताको पत्र’ दिइने
मङ्गलबार, २३ जेठ २०८०, १६ : ४३

काठमाडौँ । संयुक्त राज्य अमेरिका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सकलाई दिइने ‘आवश्यकताको पत्र’ स्टेटमेन्ट अर्फ निड पत्र अव चिकित्सकका शिक्षा आयोगबाट दिइने भएको छ ।
मङ्गलवार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा पत्र प्रदान गर्ने प्रक्रियालाई थप व्यवस्थित र एकद्वार गराउन आयोगबाट दिन लागिएको उल्लेख गरिएको छ ।
चिकित्सा शिक्षा आयोगलाई पत्र आवश्यकताका आधारमा उपलब्ध गराउन पत्राचार गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
‘मन्त्रीस्तरीय बैठकबाट जेठ २१ गते निर्णय गरी अब उपरान्त आवश्यकताको पत्र आयोगबाट जारी हुने व्यवस्था गर्न, गराउन आयोगलाई पत्राचार गरिएको छ ,’ सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै