यस्तो छ ‘परस्त्री’ हिन्दी गीत ‘होना था जो होने लगा’
काठमाडौँ । १५ असारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । ‘होना था जो होने लगा’ गीत बिफोरयु म्युजिकबाट सार्वजनिक गरिएको हो ।
हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन् । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द विनित त्रिपाठीले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्ट देखिएका छन् । गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन् । शिल्पा र गौरवका अलावा फिल्ममा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माण गरेका हुन् । फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार
-
ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
-
माओवादीभित्र शक्ति संघर्ष : गुटको टकराब कि विचारको मन्थन ?
-
काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
-
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण