ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वार्टरमा
![ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वार्टरमा](https://npcdn.ratopati.com/media/news/basketball_e7oQTjkSzU.jpg)
काठमाडौँ । ग्रिनल्यान्ड र ग्राम शिक्षा राजधानीमा जारी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ मंगलबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए)को ‘ए’ टोलीलाई ४९–३१ अंकले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंकको योगदान गरे । छवि भोटेको १० अंकको सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो ।
सिनियर छात्रतर्फ प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । प्रिक्वार्टरफाइनलमा ग्रिनल्यान्डले हिमालयन किङडम र ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्नेछन् । अन्य प्रिक्वार्टरफाइनल खेल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।
छात्रातर्फ हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ अंक ले पाखा लगायो । विजयी टोलीका लागि फूलमाया लामाले सात स्कोर गरिन् । जुनियर छात्रतर्फ हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ र एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ अंकले पन्छाए । हिमालयन किङडमका लोप्साङले ११ र एन्जल्स हार्टका आदित पुनले पाँच अंक जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता