चिलको आँखा जस्तो हुनुपर्ने बजेट लाटोकोसेरोको जस्तो भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्न नसकेको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चिलको जस्तो आँखा हुनुपर्ने बजेटमा लाटोकोसेरोको जस्तो भएको बताए ।
‘प्रस्तावित बजेटको प्रारम्भिक प्रस्तुतिलाई अध्ययन गर्दा यस बजेटले बजेट निर्माणका आधारभूत भ्यालुज, स्पिरिट र फर्नामेन्टल्सलाई आत्मसात् गर्न सकेको छैन’, ओलीले भने, ‘म अर्थमन्त्रीको ध्यान सभामुखमार्फत आकर्षित गर्न चाहन्छु–फर्नामेन्टल्स भ्यालुजलाई बजेटले आत्मसात् गर्न सकेको छैन । त्यस कारण यो बजेटले परिणाम दिन सकेको छैन ।’
उनले संविधानले भनेको समाजवाद उन्मुख अर्थव्यवस्थाबाट बजेट विचलित भएको पनि बताए । उनले मौलिक हक कार्यन्वयन गरेर जनतालाई उपलब्ध गराउन पनि बजेट चुकेको तथा राष्ट्रियताप्रति बजेट उदासीन रहेको भन्दै बिरामी र भिजनहीनता भएको टिप्पणी गरे । ‘यसले देख्दैन, पोलिसी छैन, अकर्मन्यता र शिथिलता छ । परिणाम र उपलब्धिबाट जवाफ दिनुस् । समस्या समाधान गर्न र आयस्रोत बढाउने प्रयासमा अहिलेको सरकारको ध्यान नभएको बरु अजिङ्गर जसरी सुतेर बसेको बताए । भन्सारबाट आएको बजेट स्वाप्प पार्ने नीतिमा सरकार रहेको ओलीको भनाइ छ । ओलीले संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ नहुने भन्दै भिजन र क्याल्कुलेशन हुनुपर्ने भन्दै मुख बुझो लगाउने गरी आएको बजेटले विकास र सम्मृद्धिको रोडम्यापको प्रस्ताव गर्न बजेट चुकेको ओलीको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी