बेन्जेमा अल–इतिहादसँग तीन वर्षको करारमा अनुबन्ध

रियाद । रियल मड्रिड छाडेसँगै करिम बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल–इतिहादसँग तीन वर्षको करार सम्झौता गरेका छन् । १४ वर्ष स्पेनको राजधानीमा रहेका फ्रेन्च फरवार्डको एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय रियलले गरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका थिए ।
त्यसपछि फ्रि–एजेन्ट रहेका उनले अल–इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ । एएफपीको रिपोर्ट अनुसार बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् ।
आफ्नो महत्त्वाकाङ्क्षी योजना अन्तरगत क्लबले सन् २०२२ को बालोन डि’ओर विजेतालाई तुरुन्तै अनुबन्ध गरेको थियो । उता अल हिलालले लियोनेल मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउने तयारी गरेको छ । नयाँ सिजनमा अन्य सात सुपरस्टारहरूलाई लिगमा भित्र्याउने तयारी विभिन्न क्लबहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित
-
समान स्थितिमा रहेका कोलकाता र लखनउको भिडन्त
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन