रामदेव खप्तडको ब्राण्ड एम्बेस्डर बन्ने !
मङ्गलबार, २३ जेठ २०८०, १५ : ३५

धनगढी । भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताएका छन् ।
खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’
यसैबीच रामदेवले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्न भ्याए । उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताएका थिए । प्रचण्ड वास्तविक कम्युनिस्ट भएको समेत उनको दाबी छ ।
सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर
-
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो
-
समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो