खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु

धनगढी । खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।
तीन दिनसम्म चल्ने सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा आयोजना गरिएको हो ।
सम्मेलनको दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा.राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको हो । आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
-
डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
-
भारतीय नौसेनाले गर्यो युद्ध अभ्यास, मोदीले भने - षड्यन्त्रकारीहरूलाई कडा जवाफ दिइनेछ
-
इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो, तीन दिन शोक घोषणा
-
पत्रकार कार्कीको आँखाको अवस्था कस्तो छ ?
-
वर्ल्डलिंकले एकैपटक गर्यो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर नियुक्त