संसदमा अर्थमन्त्री महतको प्रश्न–अरु सबै सत्य, हामी चाहिँ झुटा ?
मङ्गलबार, २३ जेठ २०८०, १४ : ४७

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक बनाउनका लागि अनधिकृत व्यक्तीको संलग्नता भनेकै नबुझेको बताएका छन् । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री महतले नियम र प्रक्रियाअनुसार नै पूर्व नायव सुब्बा सहभागी भएको समेत बताए ।
संसदमा जवाफ दिँदै उनले भने, ‘कोही एक जनाले अनधिकृत व्यक्ती भनिदिएपछि सबै सत्य हुने ? हामीचाँहि असत्य र झुटा हुने ?’ यस्तो हुनै नसक्ने अर्थमन्त्री डा. महतको भनाई छ । ‘जिम्मेवारी लिइएको छ, कसम खाइएको छ । संसद्को सामुन्नेमा मैले भनिरहेको छु,’ मतले भने, ‘इमान्दारीमा एक इन्च र एक रौं पनि हल्लिएको छैन ।’
बजेट बनाउने क्रममा आफ्नो स्वार्थ पुरा नभएपछि निजी स्वार्थ भएकाहरु आफ्नो पछि लागेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
-
कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
-
आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा