करका दर हेरफेरबारे स्पष्ट जवाफ नआए सडक संघर्षमा जान्छौं : ज्ञानेन्द्र शाही
मङ्गलबार, २३ जेठ २०८०, १४ : २१
![करका दर हेरफेरबारे स्पष्ट जवाफ नआए सडक संघर्षमा जान्छौं : ज्ञानेन्द्र शाही](https://npcdn.ratopati.com/media/news/gyanendra-shahi_M2u4PDfhEe.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए राप्रपाले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै प्रश्न गरे । उनले करका दर फाइनल गर्न खटिएका सेवन्त पोखरेलले करार कर्मचारी नियुक्त गरेको भनेर बजारमा आएको भन्दै यसबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताए ।
‘यदि स्पष्ट जवाफ आउँदैन भने राप्रपा सडक र सदन दुवै ठाउँबाट भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ’, शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मको चक्करमा ठगिइन् पूर्व मुख्यमन्त्रीकी छोरी
-
यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद
-
डा. बाबुराम भट्टराईको नजरमा नेपाली अर्थ–राजनीतिको सिंहावलोकन
-
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !